बाजुरा । बाजुरा जिल्लाको गौमुल गाउँपालिकाले सरकारले गरेको हप्तामा दुर्इ दिन बिदा दिने निर्णय कार्यन्वयन नगर्ने भएको छ । गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले आजबाट लागू हुने गरि हप्तामा दुर्इ दिन बिदा नदिने निर्णय गरेको हो ।
गाउँपालिकामा रहेका सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरूमा हप्तामा एक दिन शनिबार मात्र बिदा दिने निर्णय भएको भन्दै सूचना जारी गरिएको छ । त्यस्तै, शुक्रबार भने ३ बजेसम्म कार्यालय समय रहने जनाइएको छ ।













