अमेरिकाको स्थानीय क्लब नेपाली अल स्टार्ससँगको पहिलो अभ्यास खेलमा नेपाल चार विकेटले पराजित

आईसीसी विश्व कप क्रिकेट लिग २ अन्तर्गत अमेरिका र ओमानसँगको खेल खेल्नू भन्दा अगाडि भएको पहिलो अभ्यास खेलमा नेपाल अमेरिकाको स्थानीय क्लब नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको छ ।

गएराति भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४५ ओभर पाँच बलमा सबै विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो । नेपालका लागि युवा ब्याट्सम्यान आरिफ शेखले ६० रनको अर्धशतकीय पारी खेले । त्यस्तै विनोद भण्डारी २६, करण केसी २१, देभ खनाल २०, रोहित पौडेल र आदिल अन्सारीले समान १६ रन बनाए । अल स्टार्सका मार्टी किनले तीन तथा मोहम्मद इलियास र आदि भाटीले दुई/दुई विकेट लिए । 

जबाफी ब्याटिङमा उत्रिएकाे अल स्टार्सले ३३ ओभर पाँच बलमा ६ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । उसका विपुल शर्माले ५० रनको अर्धशतकीय पारी खेले । एन्द्रियस गोउस ४५ तथा गौरव बजाज ४० रनमा अविजित रहे । नेपालका कप्तान सन्दीप लामिछानेले एक्लैले ५ विकेट लिए पनि टोलीलाई जित भने दिलाउन सकेनन् । नेपालले दोस्रो अभ्यास खेल शनिवार ह्युस्टन ह्युरिकेन्ससँग खेल्ने भएको छ । 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *