आइतबार १ हजार ५ सयले बढेको सुनको मुूल्य सोमबार स्थिर

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।

अघिल्लो दिन भने सुनको मूल्य तोलामा १ हजार ५सय रुपैयाँ बढेर कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ८ सय १० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको हो ।