काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा बागमती प्रदेशसँगकाे खेलमा मधेस प्रदेश पहिलो पारीमा १ सय २ रनमै समेटिन पुगेको भएको छ ।
जनकपुरमा टस जितेर ब्याटिङ गरेकाे मधेश ३५ ओभर ३ बलमा १ सय २ रनमै समेटिन पुग्यो । उसका लागि मयन यादवले सर्वाधिक २१ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ कप्तान सन्दीप लामिछानेले ५ विकेट हात पारे ।
अहिले बागमतीले पहिलाे पारीकाे ब्याटिङ गरिरहेकाे छ ।
दुई दिवसीय फर्म्याटमा हुने जय ट्रफीमा चार वटा टोलीको सहभागिता रहेको छ । आर्मी विनोद भण्डारीको कप्तानीमा खेलिरहेको छ । यस्तै पुलिस आरिफ शेख, मधेश हरि शंकर र बागमती सन्दीप लामिछानेको कप्तानीमा खेलिरहेको छ ।
प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल पनि तीन दिवसीय फर्म्याटमा हुनेछ ।












