काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत पहिलो दिन नेपाल पुलिस र त्रिभुन आर्मी क्लबबीच खेल भइरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मी मध्यम योगफलमा सीमित भएको छ । आर्मी ३४.४ ओभरमा १ सय २१ रनमै समेटिन पुग्यो । कुशल मल्लले सर्वाधिक २५ रन बनाए बनाउँदा भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए । बाँकी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ पुलिसका ललित राजवंशी एक्लैले ७ विकेट हात पारे । ललितले १७.४ ओभरमा ४७ रन दिएर ७ विकेट लिएका हुन् ।
ललितले सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद, विवेक यादव, शाहब आलम र आकाश चन्दको विकेट लिएका हुन् ।
यसका साथै कुशल भुर्तेल, सर्वन यादव र राशिद खानले १-१ विकेट हात पारे ।
त्यसैगरी जनकपुरमा भइरहेको बागमती प्रदेश र मधेश प्रदेशबीचको अर्को खेलमा ‘टी ब्रेक’ हुँदासम्म मधेशले ३३ ओभरमा ७ विकेट गुमाएर ९८ रन बनाएको छ । अभिषेक तिवारी १० तथा प्रदिप पासवान १ रन बनाएर खेलिरहेका छन् । बागमतीका सन्दीप लमािछानेले ४ विकेट लिँदा नन्दन यादव, प्रतिश जिसी र सुर्य तामाङले १-१ विकेट लिएका छन् ।












