काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलकाे मुल्य घटाएकाे छ । डिजेल र मट्टीतेलकाे खुद्रा मुल्यमा प्रतिलिटर १० रुपैयाँ घटाइएकाे हाे । मूल्य घटेसँगै पेट्रोल लिटरको एक सय ७० र डिजेल / मट्टीतेल लिटरको एक सय ५३ रुपैयाँमा झरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को अाज बसेकाे बैठकले शुक्रबार देखि प्रतिलिटर १० रूपैयाँ घटाउने निर्णय गरेकाे विज्ञप्ति जारि गरेके छ ।यसअघि अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न समेत निर्देशन गरेकाे थियाे ।














