सुखड । कैलालीमा एक कैदी हतकडी सहित फरार भएका छन । इलाका प्रहरी कार्यालय सुखडबाट थुनुवा कैदी हतकडी सहित फरार भएको इलाका प्रहरी कार्यालयले सुखडले जनाएको छ । बुधबार स्वास्थ्य परीक्षण गराएर फर्किने क्रममा घोडाघोडी-२, साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडी सहित फरार भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिएका छन् ।
यहि जेठ १४ पाण्डे सहित अन्य दुई जनालाई लागू औषध सहित प्रहरीले पक्राउ गरेको थियो । उपचार गरेर फर्किने क्रममा फरार रहेका पाण्डेको खोजीकार्य जारी रहेको प्रहरीले जनाएकाे छ ।













