सुदूरपश्चिममा चार महिनामा झण्डै २ सय आत्महत्याका घटना घट्दा १७ जनाको हत्या

कैलाली । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको चार महिनाको अवधिमा १ सय ७४ जनाले आत्महत्या गरेका छन् । उक्त अवधिमा प्रदेशमा १७ जनाको हत्या भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सो घटना भएका हुन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज अधिकारीले अधिकांश हत्या आवेशप्रेरित भएको अनुसन्धानपछि खुलेको बताएका छन् । उनका अनुसार योजनाबद्ध ढङ्गले भएका हत्या घटना कम रहेका तर आवेशप्रेरित हत्या घटना बढी देखिएको छ ।

प्रदेशमा पछिल्लो समय बलात्कारका घटना पनि बढ्दै गएका छन् । पछिल्लो चार महिनामा सुदूरपश्चिममा सुदूरपश्चिममा ६६ वटा बलात्कारका घटना भएका छन् । अर्को अपराधिक घटना आत्महत्या पनि प्रदेशमा बढ्दै गएको छ । पछिल्लो उक्त अवधिमा सुदूरपश्चिममा १ सय ७४ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमध्ये ८५ प्रतिशत झुण्डिने गरेको प्रहरी प्रवक्ता अधिकारीले बताएका छन् । त्यसपछि १२ प्रतिशतले विष सेवन गरेर र बाँकीमध्ये केहीले पानीमा हाम फालेर, औजार प्रयोग गरेर र शरीरमा आगो लगाएर आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ । यसबाहेक लागूऔषधका घटना पनि बढेको पाइएको छ ।

सोही अवधिमा सुदूरपश्चिममा १ सय ९४ वटा लागुऔषधका मुद्दा दर्ता भएका छन् ।

Share