एनपीएल : सर्वाधिक विकेट लिने होडमा कुगलेइन र ललित, कसले मार्ला बाजी, ललितलाई चुनौती

काठमाडौं । नेपालमा पहिलो पटक सञ्चालन भएको बहुचर्चित फ्रेन्चाइज लिग एनपीएलको उपाधि भिडन्त भोलि शनिबार हुँदैछ । पहिलो संस्करणको सिद्धार्थ बैङ्क नेपाल प्रीमियर लिग (एनपीएल) को उपाधिका लागि भोलि दिउँसो १२:१५ बजेदेखि हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।

सुदूरपश्चिम पहिलो क्वालिफायरमा जनकपुरलाई नै पराजित गर्दै उपाधि भिडन्तमा प्रवेश गरेको टोली हो भने, उता जनकपुर पहिलो क्वालिफायरमा पराजित हुँदै दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिमसँग उपाधि भिडन्त पक्का गरेको टोली हो । उपाधि भिडन्तमा सुदूरपश्चिमलाई पाखा लगाउँदै हारको बदला लिएर उपाधि उचाल्ने लक्ष्यमा जनकपुर रहँदा सुदूरपश्चिम पुरानै लय कायम राख्दै जनकपुरलाई सहजै पराजित गर्दै उपाधि उचाल्ने लक्ष्यमा रहेको छ ।

यो त भयो उपाधिका लागि भिड्ने यी दुई टोलीको कुरा । तर यहाँ व्यक्तिगत कीर्तिमानका लागि यिनै दुई टोलीका खेलाडी बीच प्रतिस्पर्धा भइरहेको छ । तीमध्ये दुई हुन् : बलरद्वय स्कट कुगलेइन र ललित राजवंशी ।

सुदूरपश्चिमका तिव्र गतिका बलर कुगेलेइन र जनकपुरका स्पिनर राजवंशीले हालसम्म समान १६/१६ विकेट हात पारेका छन् ।

यसअघि कुगेलेइन २ विकेटले अघि रहेका थिए । तर, बिहीबार भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध राजवंशीले २ नै विकेट हात पारेपछि दुवै बलरले बराबरी गरेका छन् ।

यद्यपि कम खेल खेलेका आधारमा कुगेलेइन अझै पनि सूचीको पहिलो स्थानमा रहेका छन् ।

जारी प्रतियोगितामा न्युजील्याण्डका खेलाडी कुगेलेइनले ८ खेल खेलेका छन् । यता नेपाली राष्ट्रिय टोलीका सदस्यसमेत रहेका राजवंशीले भने १ खेल बढी खेलेका छन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्दा राजवंशीले १ खेल बढी खेल्ने मौका पाएका हुन् ।

इकोनमीमा भने राजवंशी कुगलेइनभन्दा अगाडि रहेका छन् । राजवंशीको इकोनमी ५.५० छ भने कुगेलेइनको ६.४६ रहेको छ ।

ललित राजवंशी एक खेलमा मात्रै विकेट विहीन बनेका थिए । आफ्नो पाँचौं खेलमा सुदूरपश्चिमसँगको खेलमा विकेट विहीन बनेका थिए । बाँकी खेलमा उनी विकेट विहीन बनेनन् ।

यस्तै कुगेलेइन पनि एक खेलमा विकेट विहीन बनेका थिए । आफ्नो दोस्रो खेलमा उनी विकेट विहीन बनेका थिए । काठमाडौं गुर्खाजसँगको खेलमा उनी विकेट विहीन बनेका हुन् ।

फाइनलमा दुवैले बराबरी विकेट लिएमा कम खेल खेलेका आधारमा कुगेलेइन सर्वाधिक विकेट लिने खेलाडी बन्नेछन् । यसर्थ ललितसामु बढी विकेट लिने चुनौती थपिएको छ ।

जारी प्रतियोगिताको सूचीको तेस्रो स्थानमा चितवन राइनोजका पाकिस्तानी बलर साहिल तानबिर छन् । उनले १४ विकेट लिएका छन् ।

यस्तै कर्णाली याक्सका विपिन शर्मा र चितवन राइनोजका रिजन ढकाल समान १३/१३ विकेटका साथ सूचीको चौंथो स्थानमा छन् ।

हेराैँ सूची :