कैलाली । पहिलो संस्करणको सिद्धार्थ बैङ्क नेपाल प्रीमियर लिग (एनपीएल) मा आज अपराजित टोली जनकपुर बोल्ट्स र एक खेलमा पराजित सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् ।
जनकपुर जारी एनपीएलमा एक मात्रै अपराजित टोली हो । उसले आफूले खेलेका ४ खेलमा नै जित हात पारेको छ । यता सुदूरपश्चिमले भने एक खेलमा पराजय भोगेको छ । उसले आफूले खेलेका ४ मध्ये ३ खेलमा जित निकाल्दा एक खेलमा पराजय भोगेको हो ।
सुरूवातका ३ खेलमा विजयी हासिल गरेको सुदूरपश्चिम आफ्नो चौथो खेलमा चितवन राइनोजसँग पराजित हुन पुग्यो ।
जनकपुर र सुदूरपश्चिम जारी एनपीएलको उपाधिका दाबेदार टोली समेत मानिएका छन् ।
आज हुने जनकपुर र सुदूरपश्चिमको खेलको अर्को रोचक कुरा त के भने दाजुभाइ नै एक अर्काको बिरुद्द खेल्दै छन् । आरिप शेख र आशिफ शेख दुई दाजुभाइ एकअर्का बिरुद्द खेलीरहेका छन् । आशिफ जनकपुरबाट खेल्दै छन् भने आरिप सुदूरपश्चिमबाट खेली रहेका छन् ।
आशिफ जनकपुरका मार्की खेलाडी समेत हुन् भने आरिप पनि सुदूरपश्चिमका टप अर्डरका एक भरपर्दा ब्याट्सम्यान हुन् ।
आज सुदूरपश्चिम जनकपुरको विजयी यात्रामा पूर्णविराम लगाउने धुनमा मैदान उत्रिँदै छ भने जनकपुर पनि आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यका साथ मैदान उत्रिने छ ।
खेल अहिले बिहान ९ बजेदेखि कीर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ ।












