घाेडाघाेडी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी ७ दिने अवलाेकन भ्रमणमा

सुखड । कैलालीकाे घाेडाघाेडी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी १ साताकाे अवलाेकन भ्रमणमा गएका छन् ।

आज नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ५२ जना ७ दिने अवलाेकन भ्रमणका लागि गएका हुन् ।  भ्रमणमा जनप्रतिनिधि कार्यपालिका सदस्यहरू, केही वडा अध्यक्ष, वडा सदस्यहरू र कर्मचारी सहित ५२ जनाकाे जम्बाे टाेली भम्रणका लागि प्रस्थान गरेकाे वडा नं १ का अध्यक्ष तथा नगर प्रवक्ता घनश्याम ओझाले जानकारी दिए ।

भ्रमण टोली लुम्बिनी, हेटौडा, गोडैता, इटहरी, धरान, कन्याम, सम्मपुग्ने नगर प्रमुख खडक बहादुर रावतले जानकारी दिए । 

भ्रमण टोलीले त्यस ठाउँमा जनप्रतिनिधिले गरेका कामको अवलोकन गर्ने र पालिका प्रमुखसँग भेटघाट गरी उक्त कामको बारेमा जानकारीले लिने प्रवक्ता ओझाले बताए ।