बर्दियामा १३ वर्षीया किशोरी बलात्कार आरोपमा ८ जना पक्राउ

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

बर्दिया । बर्दियाको बासगढीबाट १३ वर्षीया किशोरी बलात्कार आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ   । बासगढी नगरपालिका २ बिजौराकी किशोरीलाइ भदौ २१ गते सामूहिक बलात्कार भएको भनी पीडित किशोरीका परिवारले ११ जना विरुद्ध जिल्ला प्रहरी कार्यलय बर्दियामा जाहेरी दिएको थियो । आरोपित सोही नगरपालिका ८ जनालाई प्रहरीले शनिवार पक्राउ गरेको छ ।

घटना बाहिरिए पछि आरोपितलाई पक्राउ गर्न अखिल नेपाल विद्यार्थी युनियन(समाजवादी)को पहलमा प्रहरीले उनीहरूलाई खोजी गरिरहेको थियो। पक्राउ परेका आरोपितसँग सोधपुछ भइरहेको र थप तीन जनाको खोजी भइरहेको  जिल्ला प्रहरी कार्यलयका एसपी केदार खनालले जानकारी दिएका छन्। पीडित बालिकाको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Share