काठमाडौं । पहिलो संस्करणको नेपाल प्रीमियर लिग (…एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार चौथो जित दर्ता गरेको छ । आइतबार बिहान भएको खेलमा लुम्बिनी लायन्सबिरुद्द अन्तिम बलमा १ रनको सनसनीपूर्ण जित हात पार्दै प्रतियोगितामा अवपराजित यात्रा कायम गरेको हो । यता लुम्बिनीले भने प्रतियोगितामा लगातार चौथो पराजय भोगेको छ ।
जनकपुरले दिएको १ सय ३७ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ३५ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा २ रन आवश्यक थियो स्ट्राइकमा थिए सन्दिप जोरा लामो सर्ट खेल्ने धुनमा उनी क्याच आउट हुने पुगेसँगै जनकपुरले जित हात पार्न सफल भयो ।
लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रन बनाए । टम मुर्स ३१, अर्जुन साउदले २०, सन्दीप जोराले १६ रन जोडे पनि जित दिलाउन भने सकेनन् ।
राम्रो सुरुवात गरेको लुम्बिनी फिनिसिङमा चुक्दा जित निकाल्न असफल रह्यो । यो हारसँगै लुम्बिनीको प्ले अफमा पुग्ने सम्भावना कमजोर बनेको छ ।
बलिङमा जनकपुरका हर्ष थाकरले सर्वाधिक ५ विकेट लिए । हात पारे ।
यसअघि जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन मध्यम लक्ष्य खडा गरेको थियो
उसका लागि कप्तान अनिल कुमार शाहले ४५ रन बनाए । उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।
शुभ कंसकार२२ रनमा अविजित रहँदा लाहिरु मिलन्थाले २४ र आसिफ शेखले १६ रन बनाए ।
लुम्बिनीका लागि अभिशेष गौतमले ३, साद बिन जफर र रोहित कुमार पौडेलले २/२ तथा सन्दीप जोराले १ विकेट लिए ।
आज नै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राईनोज खेल्ने भएका छन् । सुदूरपश्चिम जारी प्रतियोगिता ३ खेलमा ३ खेलमै जित हात पारेको टोली हो भने चितवन ३ मा २ जितेको टोली हो ।
हालसम्म जारी एनपीएलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स अपराजित रहेका टोली हुन् ।













