कैलाली । नेपालमा यतिबेला पहिलो संस्करणको सबैभन्दा ठूलो स्वदेशी फ्रेन्चाइज लिग नेपाल प्रीमियर लिग (एनपीएल) भइरहेको छ । जसलाई विभिन्न कम्पनी तथा व्यक्तिहरूले प्रायोजन गरेका छन् । खेलाडीको हौसला बढाईरहेका छन् ।
नेपालमा हालसम्मकै ठूलो लिग भइरहेका कारण पनि चौतर्फी चर्चा बटुलिरहेको छ । जसले खेलाडीको जीवनस्तर माथि उकास्न देखि खेलाडी उत्पादन गर्नमा समेत ठूलो टेवा पुराउने अपेक्षा सबैको छ। विगतमा विदेशी खेलाडीको दबदबा बढी हुने गर्थ्यो नेपालमा कुनै लिग हुँदा तर यस पटक त्यस्तो छैन् ।
नेपाली खेलाडीहरुले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । जसले गर्दा नेपाली खेलप्रेमीहरु निकै उत्साहित छन् ।
आफूले खेलेका तीन मध्ये तिनै खेलमा विजयी हासिल गरेर जनकपुर बोल्ट र सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा छन् । यी दुई टोलीले जारी एनपीएलमा आफ्नो अपराजित यात्रा हालसम्म कायमै रहेका छन् ।
जारी एनपीएलमा सबैभन्दा बढी चर्चामा सुदूरपश्चिमको भइरहेको छ । जसका समर्थकले उपाधि सुदूरपश्चिमले जित्ने दाबी समेत गरिरहेका छन् । यसै बीच कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाले पनि अफरको घोषणा गरेको छ ।
लम्कीचुहा पहिलो संस्करणको एनपीलको उपाधि सुदूरपश्चिमले जिते नगरको तर्फबाट १ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । शनिबार नगर प्रमुख सुशिला शाहीले एक विज्ञप्ति निकाल्दै उक्त घोषणा गरेकी हुन् ।














