कैलाली । कैलालीको घोडाघोडी नगरपालिका र जोशीपुर गाउँपालिकामा शुक्रबार सार्वजनिक बिदा गरिएको छ । थारु समुदायको विशेष पर्व लवाङ्गी पूजाको अवसरमा यी दुई पालिकाले स्थानीय विदा दिएको हो ।
थारु समुदायले विशेष रूपमा मनाउने लवाङ्गी पूजाको अवसरमा पालिका भित्रका सम्पूर्ण सङ्घ संस्था, शिक्षण संस्था, कार्यालय सबैमा विदा गरिएको दुवै पालिकाले सूचना सार्वजनिक गर्दै जानकारी दिएको छ ।
लवाङ्गी पूजाको अवसरमा कैलालीको घोडाघोडी नगरपालिका-१ स्थिति घोडाघोडी मन्दिर परिसरमा बुधबार देखि “हमार संस्कृति हमार पहिचान,संस्कृति जगेर्ना करना हमार अभियान” भन्ने मूल नाराका साथ ‘घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव-२०८१’ को उद्घाटन गरिएको छ ।
उक्त महोत्सव भोलि शुक्रबार सम्पन्न हुनेछ ।












