हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी देवकी तिमल्सिना विजयी भएकी छन् ।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सविता बुढालाई ४३ मतले पाखा लगाउँदै विजयी हासिल गरिन् ।
तिमल्सिनाले १ हजार ६ सय ३६ मत प्राप्त गर्दा कांग्रेसकी बुढाले १ हजार ५ सय ९३ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार जाना शाही तेस्रो स्थानमा रहिन् ।
यसअघि २०७९ मा भएको निर्वाचनमा पनि सर्केगाडको उपाध्यक्षमा माओवादीले नै जितेको थियो ।












