रौतहटको गढीमाई-८ मा एकीकृत समाजवादी र ईशनाथ-७ मा कांग्रेसका उम्मेदवार विजयी

उपनिर्वाचन

रौतहट । रौतहटको गढीमाई नगरपालिका-८ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादीकास)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन् । उनले ६ सय ५५ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का जिउतीदेवी यादवले ६ सय ३१ मत मात्रै प्राप्त गरिन् भने नेपाली कांग्रेसका सुबोधकुमार यादवले ६ सय १७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले २ सय ५८ मत ल्याएका छन् ।

यसैबीच रौतहटकै ईशनाथ नगरपालिका-७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले ६ सय २७ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शेख अनवरले ५ सय ७५ मत प्राप्त गरेका छन् ।

Share