झापाको कन्काई नगरपालिका–६ मा एमालेलाई पाखा लगाउँदै स्वतन्त्र उम्मेदवार ओली विजयी

झापा । झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीले ४ सय ९३ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै नेकपा (एमाले)का तुलाराम बस्नेतले ३ सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३ सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले २ सय ७७ मत प्राप्त गरेका छन् ।

यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) का दीर्घबहादुर थापा ५ सय ८ मत ल्याई निर्वाचित भएका थिए ।
कन्काई–६ मा कुल २ हजार ५८ मतदाता रहेकामा १ हजार ५ सय १३ मत खसेको थियो ।

Share