बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छिन् ।
आइतबार भएको उपनिर्वाचनमा भण्डारीले १ हजार ७ सय ४० मत प्राप्त गरी विजयी भएकी मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले १ हजार ४ सय ७४ प्राप्त गरेकी छन् । कूल ७ हजार ४ सय ६० मतदातामध्ये ३ हजार ९ सय ३ मत खसेको थियो ।
निर्वाचित भण्डारी वि.सं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन् । गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।












