कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । उपनिर्वाचनमा अन्तिम मतगणनाअनुसार चन्द १ हजार १ सय ७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
२०७९ सालको निर्वाचनमा पनि यो वडामा नेपाली कांग्रेस विजयी भएको थियो ।
वडा अध्यक्ष महेन्द्र खड्काको सवारी दुर्घटनामा परेर निधन भएपछि भएको उपनिर्वाचनमा पनि कांग्रेस नै विजयी भएको हो ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर चन्दले ४ सय ८७ मत मात्रै पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील कुमार भट्टले ३ सय ६९, नेकपा एकीकृत समाजवादी पार्टीका जितेन्द्रबहादुर चन्दले २ सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले २ सय १८ मत प्राप्त गरेका छन् ।












