मोरङ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । माझीले ६ हजार ९ सय ६९ मत ल्याएर प्राप्त गर्दै विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ तथा नेकपा एमालेका तुलसीराम विश्वासले ४ हजार १ सय ५९ मत प्राप्त गरे । यसअघि यहाँ कांग्रेस विजयी भएको थियो ।












