दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका-५ मा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुंवर विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनमा वडाध्यक्ष पदमा कांग्रेस उम्मेदवार कुंवर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार वडाध्यक्षमा निर्वाचित उम्मेदवार कुंवरले खसेको कुल मतमध्ये ३ सय ७६ मत पाएका थिए । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मानसिंह बडालले ३ सय ५८ मत प्राप्त गरेका छन् ।
त्यस्तै माओवादी केन्द्रका उम्मेदवार वीरसिंह कार्कीले ९८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गरेका छन् ।
वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा ८ सय ७७ मत खसेका थिए । खसेका मतमध्ये २० मत बदर भएका छन् । यो वडामा १ हजार २ सय ७२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
२०७९ मा दुहु-५ माओवादीले जितेको थियो ।












