डोटीको पूर्वीचौकी-६ मा कांग्रेसका थापा विजयी

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजयी भएका छन् । आइतबार सम्पन्न भएको स्थानीय तहको उपनिर्वाचनमा थापाले ४ सय ६८ मत प्राप्त गर्दै जीत हाँसिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देव बहादुर थापाले ३ सय १ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापाले २६ मत मात्रै प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जानकी कुमारी खड्काले ३१ मत मात्रै प्राप्त गरे । १३ मत बदर भएको छ।

१ हजार ५ सय ९३ मतदाता रहेको उक्त वडामा ८ सय ३९ मत खसेको थियो ।

२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले उक्त पालिकामा ‘क्लीन स्वीप’ गरेको थियो ।

Share