बझाङ । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा विजयी भएका छन् ।
आइतबार सम्पन्न भएको स्थानीय तहको उपनिर्वाचनमा पुजाराले ६ सय ५७ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लखीचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत मात्रै प्राप्त गरेका छन् ।
१ हजार ५ सय ५४ मतदाता रहेको यो वडामा १ हजार १ सय ७८ मत खसेको थियो । वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।
यसअघि एमालेका बोहरा ६ सय २९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६ सय ४ मत पाएका थिए ।












