बजेटमा जनताको स्वामित्व छ : अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि सबैको स्वामित्व रहेको बताएका छन्। नेपाल आर्थिक संघ, नेपाल सरकार अर्थ मन्त्रालय र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बुधबार राजधानीमा आयोजना गरेको बजेटमाथिको छलफलमा सहभागी हुँदै अर्थमन्त्री शर्माले ‘बजेट निर्माणमा सबै जनताको प्रतिनिधित्व रहेकाले यसको स्वामित्व सबैले लिनुपर्ने’ बताए ।

अर्थमन्त्री शर्माले भने ‘बजेट देशका सबै वर्ग, क्षेत्र, समुदाय र विज्ञको सुझावका आधारमा पूर्वदेखि पश्चिमसम्मका जनताको आवश्यकता समेटिएको र जनताको स्वामित्वसँग जोडिएको भएकाले कार्यान्वयन हुन्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले बजेटले निजी क्षेत्रप्रति भरोसा राखेको बताउनुभयो।बजेटमा नयाँ विषय राखिएका भए पनि चर्चा नभएको उहाँको भनाइ छ।

अहिलेको बजेट चुनाव केन्द्रित, लोकरिझाइँ र उद्योगी–व्यवसायीहरू पाेस्ने प्रकृति रहेको भन्दै प्रमुख प्रतिपक्षि नेकपा एमालेले विराेध गर्दै अाएकाे छ ।

Leave a Reply