घोडाघोडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली । कैलालीको घोडाघोडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकोे मृत्यु भएको छ ।

मङ्गलबार राति घोडाघोडी नगरपालिका–१ डोडा नदीको पुलस्थित सडकमा से ३ प ७६७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ जुरपानी बस्ने २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–४ का ३५ वर्षीय रोहित चौधरी घाईते भएका छन् । रोहितलाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

Share