एजेन्सी । भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ । चट्याङ लागेर धेरै मानिस घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
चट्याङ लागेर मृत्यु भएका ११ जनामध्ये तीन नाबालिग र दुई जना युवासमेत रहेका माल्दाका जिल्ला अधिकारी नितिन सिंघानियाले बताएका छन् । उनले पीडित परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिइने पनि बताएका खबरमा उल्लेख गरिएको छ । जिल्ला प्रशासनले पनि उनीहरूलाई सहयोग गरिरहेको छ ।













