शनिबारको मौसम : कतै भारी वर्षा कतै, मध्यमदेखि हल्का वर्षाको सम्भावना

कैलाली । अझै पनि मनसुनी वायुको प्रभाव कायमै रहेकाले केही ठाउँमा बिहानैदेखि हल्का पानी परि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।