चितुवाको छालासहित बझाङमा एक जना पक्राउ

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरमा थलारा गाउँपालिका-८ का हरिलाल जोशी चितुवाको छालासहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीको कमान्डमा खटिएको प्रहरी टोलीले ८ फिट २ इन्च  लामो र ३ फिट २ इन्च चौडाइ भएको चितुवाको छालासहित जोशीलाई पक्राउ गरेको जनाएको छ ।

साथै जोशीको साथबाट खैरो रङ्गको दाँत,  र पञ्जा समेत फेला पारेको प्रहरीले जनाएको छ ।

हाल उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share