काठमाण्डौ । सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्ध दायर भएको रिट निवेदनको सुनुवाइ यही जेठ ३० गते हुने भएको छ । न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुत्त इजलासमा पेसी तोकिएको भए पनि म्याद तामेल नभएको कारण सुनुवाइ हुन सकेन ।
सरकारले आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले वरिष्ठता क्रममा तेस्रो व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
एआईजी पोखरेलले दायर गरेकाे रिट निवेदनसँगै आज सुनुवाइका लागि सिंह सहित ३ जनालाई एआईजी बढुवा गर्ने निर्णय विरुद्ध ३ जना डीआईजीले दायर गरेको रिट निवेदनलाई साथै राखिएको छ ।
यसअघि न्यायधीश सुष्मालता माथेमाको एकल इजलासले गएको वैशाख २२ गते मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने आदेश दिएको थियोे । त्यो इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र त्यो मिति सार्न नपाइने उल्लेख थियो । त्यही आदेशअनुसार सुनुवाइ तय गरिएकाे थियो













