शैक्षिक सत्र सुरु भएको तीन हप्ता, अझै ३३ लाख थान पाठ्यपुस्तक छपाई बाँकी

भत्तपुर । यस वर्षको शैक्षिक सत्र सुरु भएको ३ साता बित्नै लाग्याे तर विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुरस्तक अभाव भएको छ । उसले  विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुरस्तक छपाइकाे जिम्मा पाएकाे छ ।सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएकाे छ । विगतमा जनक शिक्षाले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्षअघिनै सरकारले निजी क्षेत्रलाई पुस्तक छपाइको जिम्मा दिएको थियो ।

जनक शिक्षाले अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी रहेको छ । चालू शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म १ करोड ६५ लाख थान मात्रै पाठ्य पुस्तक पछाई सकिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।

जनक शिक्षाले विद्यालय तहको ५ प्रतिशत पुस्तक पछाइ सम्पन्न गरेको र १५ प्रशितत छपाई भइरहेको जनाएको छ । केन्द्रले बिक्रेतामार्फत ७७ वटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको र काठमाडौँ उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको जनाएकाे छ  ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *