घोडाघोडीमा नाबालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

कैलाली । कैलालीको घोडाघोडीमा नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका-१ मा भदौ १८ गते मङ्गलबार नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय सुखडले ४० वर्षीय एक युवकलाई नियन्त्रणमा लिएको हो । घोडाघोडी नगरपालिका वडा नं. ३ घर भएका युवकलाई बलात्कार गरेको आरोपमा बुधबार बिहान पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका युवकलाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरि अनुसन्धान भइ रहेको इप्रका सुखडले जानकारी दिएको छ ।

Share