नेपाल प्रिमियर लिग खेल्ने ८ टोलीको नाम सार्वजनिक

कैलाली । नेपाल प्रिमियर लिग(एनपिएल) खेल्ने ८ फ्रेन्चाइज शहरको नाम सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार एनपिएलको पहिलो संस्करणमा सहभागी हुने ८ फ्रेन्चाइज टोलीको टुङ्गो लगाएको जनाएको हो ।

एनपिएलमा सहभागी रहने फ्रेन्चाइज शहरमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् ।

क्यानको बोर्ड बैठकले बिहीवार पहिलो संस्करणको एनपिएलमा ८ टोली सहभागी रहने निर्णय गरेको थियो । पहिलो संस्करणको एनपिएल मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुने भएको छ ।

Share