साढे चार किलो चरेस र ७५ हजारसहित एक युवक धनगढीबाट पक्राउ 

तस्बिर : वडा प्रहरी कार्यालय धनगढी

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका-८ बाट लागूऔषध (चरेश) सहित एक युवकलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

शनिबार मध्यान्ह १२ बजे तिर बझाङको केदारस्यु गाउँपालिका-७  घर भएका ४२ वर्षीय जनक धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमान्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सडकमा शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा धामीलाई पक्राउ गरेको हो ।

उनको साथबाट अन्दाजी साढे चार किलो चरेस र ७५ हजारसहित फेला पारि नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । उनलाई पक्राउ गरि रित पूर्वक अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय कैलाली राखी थप अनुसन्धान गरि रहेको जनाएको छ ।

Share