प्रनितिधी सभा बैठकमा आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल

काठमाण्डाै । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल हुने भएकाे छ । तीन दिनसम्म चल्ने छलफलमा अर्थमन्त्री जनार्द्धन शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने संसद सचिवालयले जनाएकाे छ ।

संघ र प्रदेशकाे चुनावकाे सन्निकट आगामी आर्थिक वर्षको बजेट लोकरिझाइँ र उद्योगी–व्यवसायीहरू पाेस्ने प्रकृतिकाे भएकाे भन्दै प्रमुख प्रतिपक्षी दल रूपमा रहेको नेकपा एमालेले विरोध गर्दै आएको छ । साेमबार बसेकाे एमालेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बजेटको भण्डाफोर गर्न निर्देशन समेत दिनु भएको जनाइएको छ । अाइतबार  अर्थमन्त्री जर्द्धन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिय ।

Share

Leave a Reply