तारा एयर विमान दुर्घटनाकाे कारण पत्ता लगाउन जाँच समिति

काठमाडौं । सरकारले आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन जाँच समिति निर्माण गरेको छ । सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै ५ सदस्यीय जाँच समिति निर्माण  गरेको जानकारी दिएको छ । वरिष्ठ एरोनोटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमनको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिमा क्याप्टेन दिपुराज ज्वार्चन,  वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसम विद् मणिराज शाक्य र सह सचिव वुद्दिराज लामिछाने रहेका छन् ।

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङमा दुर्घटना हुँदा चालक दलका सदस्य सहित २२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी ज्यान गुमाउने मध्य २१ जनाको शव फेला परेको र १० जनाको शव आज काठमाडौं ल्याइएको छ। सोमबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव ल्याइएको हो। शवको पोस्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको जनाइएको छ । 

Share

Leave a Reply