काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी कार्यालय चमतीमा बसेको केन्द्रिय कमिटि बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निर्णय गरिएको जनाएको छ ।
पार्टीको हितविपरीत कामकारबाही गरेको भन्दै ढकाललाई यस अघि पार्टीले दुई पटक स्पष्टीकरण समेत सोधेको थियो । त्यसको जवाफमा ढकालले उल्टै पार्टीका उच्च तहका नेता विरुद्ध भड्किलो र अनैतिक वक्तव्य दिदै आएका थिए । अन्ततः रास्वपाले उनलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको हो ।













