सम्पर्क विहीन बनेका नेपाल प्रहरीका २० जना कर्मचारीलाई स्पष्टीकरणसहित ७ दिन भित्र हाजिर हुन उर्दी 

काठमाडौंनेपाल प्रहरीका सम्पर्क विहीन बनेका २० जना प्रहरी कर्मचारीलाई सन्तोषजनक स्पष्टीकरणसहित ७ दिन भित्र कार्यालयमा हाजिर हुन उर्दी जारी गरिएको छ । 

मङ्गलवार प्रहरी प्रधान कार्यालय नक्सालले एक सूचना जारी गर्दै सूचना प्रकाशन भएको ७ दिन भित्र आफू गैर हाजिर रहनुको स्पष्ट कारण खुलाई स्पष्टीकरण जवाफसहित कार्यालयमा हाजिर हुन भनिएको छ । आफू खुसी कार्यालयमा गैर हाजिर रहेको र खोज तलास गर्दा समेत सम्पर्कमा नआएको हुँदा सूचना प्रकाशित गरेको जनाइएको छ । 

प्रहरी प्रधान कार्यालय नक्सालले जारी गरेको ७ दिने सूचना

सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र कार्यालयमा उपस्थित नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) र नियम १०९ को (ख) को (१) बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ । 

नियम ११३ को उपनियम १ को च बमोजिम
नियम १०९ को ख को १ बमोजिम

उक्त नियमहरू लागू गर्नु पूर्व नै नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ को प्रयोजनका लागि यो सूचनालाई आत्मसाथ गर्दै सफाइका लागि मौका दिएको जनाएको छ ।

अनुसूची १४ को भाग ४ अनुसार
Share