४० यात्रु सहितको बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार कार्य चल्दै

तस्बिर : सुरेन्द्रमान घलेको फेसबुकबाट

तनहुँ । केही बेर अगाडि तनहुँको आँबुखैरेनी नजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा ४० जना यात्रु सवार बस खसेको छ ।

जिल्ला आबुखैरेनी गाउँपालिका-२ ऐना पहराबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।

बस पोखराबाट काठमाडौंका लागि छुटेको प्रहरीको भनाइ छ । अहिले आँबुखैरेनीमा रहेको प्रहरी टोलीसहित स्थानीय बासिन्दाले उद्धारको कार्य गरिरहेका जनाइएको छ ।

घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिन सडक खण्डमा पर्छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Share