कैलाली । कैलाली जिल्लाका अधिकांश स्थानहरुमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ। वर्षाले नदीहरुमा पानीको बहाव उच्च रूपमा बढेको छ ।
जिल्लाका मोहना, कान्द्रा लगाएत नदीमा बाढी आएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध समेत गरेको छ ।
मङ्गलवार रातिदेखिको वर्षाले मोहना, कुलरिया, कान्द्रा, घुराहा लगायत अन्य सहायक नदीहरूमा आकस्मिक बाढी तथा होचो भू-भागमा डुबानको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले नदी क्षेत्र तथा नदीका कारण
डुबान हुने भू-भागका नागरिकहरूलाई सतर्क रहन भनिएको छ । पूर्वी कैलालीका धेरे स्थानमा समेत वर्षाको पानीका कारण डुबान भएका जनाइएको छ ।













