बर्दगोरिया गाउँपालिकामा सिकल सेल तथा थालेसेमियाका बिरामीहरूको स्वास्थ्य सेवामा पहुँच बारे अन्तरक्रिया सम्पन्न

 कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा अनुवन्शिक रोग सिकल सेल तथा थालेसेमियाका बिरामीहरूको स्वास्थ्य सेवामा पहुँच बारे एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको अध्यक्षतामा बर्दगोरिया गाउँपालिका १ बाैनियाममा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका भित्र रहेका सिकल सेल तथा थालेसेमियाका बिरामीहरूलाई कसरी सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ रु साथै अन्य कडा रोगका बिरामीहरू जस्तै किद्नी दाइलसिस, क्यान्सर, मुटु रोग आदि लाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने बारे छलफल सम्पन्न भयो।

जनसमुदाय लाई यो रोग बारे कसरी बच्न सकिन्छ भन्ने कुराको जानकारी दिने भन्ने विषयमा छलफल गरिएको थियो । छलफलको क्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले विषेश गरि पालिका शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बढी केन्द्रिय रहेको बताउँदै सिकल सेल तथा थालेसेमिया र अन्य बिरामीहरू जस्तै क्यान्सर, किद्नी रोग, मुटु रोगका बिरामीहरू लाई निशुल्क स्वास्थ्य बिमा गरि सेवा प्रदान गरिने बताए । कुँवरले हाइड्रोक्सियुरियाफोलिक एसिडको पनि पालिकामा सञ्चालित १५ सैयाको अस्पताल मार्फत निःशुल्क प्रदान गर्ने बताए ।

कार्यक्रममा सिकल सेल तथा थालेसेमिया रोग र स्वास्थ्य सेवामा पहुँचका लागि पालीकाले गर्न सकिने आवश्यक कार्यबारे बर्दगोरिया गाउँपालिकाका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक युजिन कुस्मीले आफ्नो प्रस्तुति दिएका थिए । पालिका उपाध्यक्ष गणेश राज गिरी, वडा नम्बर १ का वडाध्यक्ष मिथुन गौतम, स्वास्थ्य शाखा प्रमुख मीन धामी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

Share