कैलाली । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को कैलाली जिल्ला अध्यक्षमा तपेन्द्र शाह सर्वसम्मत चयन भएका छन् । साथै क्रान्तिकारीले उनको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
मङ्गलबारदेखि जिल्लाको घोडाघोडी नगरपालिका-१ स्थित घोडाघोडी बहुमुखी क्याम्पसको सभा हलमा सुरु भएको नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको २१ औं जिल्ला सम्मेलन आज सम्पन्न भएको छ । दुई दिन सम्म चलेको जिल्ला सम्मेलनले आगामी २ वर्षका लागि आफ्नो नेतृत्व सर्व सम्मत रुपमा चयन गरेको हो ।
शाहको नेतृत्वमा समान ४ जना उपाध्यक्ष र सहसचिव चयन गरेको छ । उपाध्यक्षमा राजु पुन मगर, सन्तोष राना क्षेत्री, बम बहादुर बिक र प्रिया गौतम रहेका छन्, भने सचिवमा गोपाल रेग्मी चयन भएका छन् ।
त्यसै गरि कोषाध्यक्षमा विनिता चौधरी सर्वसम्मत हुँदा सहसचिवमा सुनिता रोकाया, अर्जुन खत्री, नरेश जैशी र रोजी साउद चयन भएका हुन् । उनीहरूसहित ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत गरिएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।













