जुवा खेली रहेका ८ जना जुवाडे प्रहरीको फन्दामा

अछाम । अछामको कमलबजारमा जुवा खेली रहेको अवस्थामा ८ जना जुवाडे प्रहरीको फन्दामा परेका छन् ।

प्रहरीका अनुसार मङ्गलबार राति कमलबजार नगरपालिका-२ का दुर्गा रावतको घरमा जुवा खेलिरहेको अवस्था उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

पक्राउ पर्नेमा कमलबजार वडा नं.४ का ३५ वर्षीय पदम थापा, वडा नं.२ का ३७ वर्षीय खडक विष्ट, वडा नं. ८ का ४५ वर्षीय मनबहादुर चलाउने, १ का ४३ वर्षीय नरेन्द्र ढकाल, तुर्माखाँद गाउँपालिका-३ का २६ वर्षीय प्रेम नेपाली, ३० वर्षीय विमल बिक, पञ्चदेवल विनायक नगरपालिका-५ का २४ वर्षीय जगतबहादुर शाही र बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका-६ का ४६ वर्षीय शेरबहादुर बिक रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले दिएको जानकारी अनुसार जुवाडेको साथबाट ५१ हजार ९ सय ७५ नगद, ९ थान मोबाइल र २ गड्डी तास पनि नियन्त्रणमा लिएको छ ।

Share