बालिकालाई बाल यौन दुरुपयोग गर्ने शिक्षक प्रहरीको फन्दामा 

तस्बिर : जिल्ला प्रहरी कार्यालय कैलाली

कैलाली। कैलालीको धनगढीमा आफूले पढाउने बालिकामाथि बाल यौन दुरुपयोग गर्ने शिक्षक प्रहरीको फन्दामा परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक स्थित आफ्नो बहिनीको कोठामा आफू पढाउने स्कुलको वर्ष १७ वर्षीय बालिका (विद्यार्थी) लाई बोलाई बाल यौन दुरुपयोग गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका-७ घर भएका तर हाल धनगढी उपमहानगरपालिका-८ बस्ने २२ वर्षीय विष्णु तिमल्सेनालाई भदौ २ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

तिमल्सेना धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयमा अध्यापन गराउँछन् ।

कैलाली जिल्ला अदालतबाट म्याद थप गरी पक्राउ परेका शिक्षक तिमल्सेनामाथि थप अनुसन्धान कार्य
भइरहेको समेत प्रहरीले जनाएको छ ।

Share