कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा घर माथिबाट पहिरो जाँदा ज्यान गुमाएका वीर बहादुर धामीको परिवारलाई राहत दिने घोषणा गरेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै राहत दिने घोषणा गरेका हुन् । शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने जारी शोक वक्तव्यमा उल्लेख गरेका छन् ।
गएराति घर माथिबाट पहिरो खस्दा बझाङको बुङ्गल नगरपालिका–१० को टुमेडागाउँका वीर बहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो ।
धामीसहितका अन्य ६ जनाले भने भागेर ज्यान जोगाउन सफल रहे ।














