सत्तारूढ दलले जिल्ला समन्वय समितिको निर्वाचनमा समेत गठबन्धन गर्ने

काठमाडौं । सत्तारुढ ५ दलकाे बैठकले जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचनमा समेत गठबन्धन गर्ने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय भएकाे एक विज्ञप्ति जारि गरिएकाे छ ।

सत्तारूढ दलका शीर्ष नेताहरू सम्मिलित बैठकले विज्ञप्ति मार्फत ‘ देशभरका जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनको बिचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरिएको’ उल्लेख गरिएकाे छ ।

Share

Leave a Reply