काठमाडौं । सहकारी संस्था बचत ठगी सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको छ ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा मुछिएका आचार्यसँग आज समितिले सिंहदरबारस्थित कार्यालयमा बयान लिएको जनाइएको छ । सूर्यदर्शनबाट गोर्खा मिडियामा आचार्यको नामबाट पैसा गएको देखिइएको थियो ।
सो विषयमा उनीसँग समितिले बयान लिएको हो । उनी तत्कालीन समयमा गोर्खा मिडियाको क्रिएटिभ डाइरेक्टरको रुपमा कार्यरत थिए । साथै उनी नोबडी प्रोडक्सन प्रालिका सञ्चालक समेत हुन् ।













