साफ यु-२० च्याम्पियनसिप : उद्‌घाटन खेलमा श्रीलङ्कालाई पाखा लगाउँदै नेपालको विजयी सुरुवात

तस्बिर : विकास श्रेष्ठ/अनलाइन खबर

काठमाडौं । आइतबारदेखि सुरु भएको साफ यु-२० च्याम्पियनसिप फुटबलमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ ।
निराजन धामीको गोलको मद्दत
मा नेपालले श्रीलङ्काकामा

१-० ले पराजित गरेको हो । नेपालले खेलमा गोल गर्ने अन्य राम्रा अवसरहरू बनाए पनि सदुपयोग गर्न भने सकेन ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निराजन धामीले २४ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसअघि नेपालका समिर तामाङले गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।

पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा श्रीलङ्काका मोहमेद थिलहामले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार नेपालका गोलकिपर जियारथ शेखले बचाएका थिए ।

दोस्रो हाफमा नेपालले गोल गर्ने राम्रो अवसर गुमाएको थियो । समिर तामाङ, आश्विन घोरासैनी र अनिल बम्जनले गोल गर्न चुकेका थिए । खेलको इन्जुरी टाइमको पहिलो मिनेटमा नेपालका निराजन धामीको प्रहार बारमा लागेर बाहिरिएको थियो ।

नेपालले आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल २२ अगष्टमा बङ्गलादेशसँग खेल्नेछ ।

त्यसअघि बङ्गलादेश र श्रीलङ्काबिच खेल हुनेछ । श्रीलङ्का बङ्गलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।

च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाको ६ टोली सहभागी छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

च्याम्पियनसिपमा आइतबार समूह बी मा रहेको भारत र भुटानबीच खेल हुनेछ । 

Share