काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फटबल अन्तर्गत उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलङ्का विरुद्ध पहिलो हाफमा १–० गोलको अग्रता कायम गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफमा नेपालले राम्रो अवसर बनाए पनि एक गोल मात्र प्रहार गर्न सकेको हो ।
नेपालका लागि निराजन धामीले खेलको २४ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।













