काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको छ ।
यस प्रकरणमा झन्डै एक वर्षपछि समातिएर अनुसन्धान गरिएका झालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । उनले इन्कारी बयान दिएका थिए ।
न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउने आदेश दिएको हो । झामाथि नेताहरूसँग ‘सेटिङ’ मिलाएको आरोप लागेको थियो ।













